अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक : किस्ट अस्पताल

संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक : किस्ट अस्पताल


काठमाडौँ – संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएको किस्ट मेडिकल कलेज अस्पतालले जनाएको छ।

शुक्रबार साँझ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले विज्ञप्ति जारी गर्दै जोशीलाई पुरानो रोगले ग्रसित पारेका कारण औषधिले काम नगरेको जनाउनु भएको छ ।   

जोशीलाई आजदेखि एल्बुमिन रिप्लेसमेन्ट गर्न औषधि चलाइएको अस्पतालले जनाएको छ ।

 २२ दिनदेखि उपचारत जोशीलाई निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेंगी संक्रमण देखिएको थियो ।