अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखामा रुँदै प्रचण्डले गरे विलौना, हार्ने निश्चित !

गोरखामा रुँदै प्रचण्डले गरे विलौना, हार्ने निश्चित !


गोरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रबार गोरखामा अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा रोएकाछन्। 

चितवनमा चुनाव हार्ने भएसँगै गोर्खा-२ मा उम्मेदवारी दिनुभएका प्रचण्ड आज आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम डाँको छोडेर रोनु भएको हो । सो कार्यक्रममा बोल्दै प्रचण्डले आफूमा विचलन आएको स्वीकार्नुभयो ।

चीनमा माओत्सेतुङ चिङ्कासाङ फर्किएको उदाहरण दिँदै आफू गोर्खामा सुध्रिन आएको र मौका दिन आएको भन्दै डाँको छोडेर रोएका हुन् ।

२२ वर्ष अघि आफू गोरखामा आएर युद्धको योजना निर्माण गरेको र ४० वर्षपछि फेरी गोरखा नै आउनुपरेको दाहालले बताउनुभयो ।

प्रचण्डले यसअघि पनि पटक पटक कार्यक्रमहरूमा रोएर नाटक गर्ने गर्नुहुन्थ्यो । यस पटकको रुवाइ प्रचण्डको हारको मानसिकता भएको प्रत्यक्षदर्शी एक कार्यकर्ताले बताउनु भयो । ‘आजसम्म प्रचण्ड यति निराश भएका आजसम्म हामीले देखेका थिएनौँ, शायद प्रचण्डले बुझिसके यस पटक जितिन्न ।’ ​​​​​​​

​​​​​​​उता प्रचण्ड विरुद्घ मैदानमा उत्रिएका एमालेका उम्मेदवार अब्दुश मिँयाले गोरखाबाट प्रचण्डलाई यस पटक हराइने उद्घोष गर्नुभएको छ । प्रचण्डलाई राजनीतिक अस्थिरताको मुख्य कारक भन्दै मिँयाले यस पटक गोरखालीहरुले जसरी पनि हराइदिने बताइने समाजिक संजालबाटै बताउनुभएको हो ।