अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाका दुई प्रदेश सदस्यसहित दर्जनौँ एमाले प्रवेश

जसपाका दुई प्रदेश सदस्यसहित दर्जनौँ एमाले प्रवेश


रुपन्देही – कपिलवस्तुको मायादेवी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा लुम्बिनी प्रदेश सदस्य बजरंगी कुर्मी चौधरी एमाले प्रवेश गर्नुभएको छ ।

उहाँ प्रदेशका मन्त्री सहश्रराम यादवका मुख्य सहकर्मी हुनुहुन्छ । सहश्ररामले उम्मेदवारी दर्ता गर्ने दिन जसपा छाडेर काँग्रेस प्रवेश गरी प्रदेश सांसदको टिकट लिएपछि उहाँका सहकर्मीले एमाले रोज्नुभएको हो । 

एमाले पोलिटब्यूरो सदस्य विमला घिमिरेले उहाँलाई एमालेमा स्वागत गर्नुभयो । जसपाका प्रदेश कमिटी सदस्य रहेका बजरंगीसँगै मायादेवी गाउँपालिकाको उपाध्यक्ष पदमा यस पटकको स्थानीय चुनावमा २५० मत अन्तरले पराजित हुनुभएकी जसपा नेतृ माधुरी अग्रहरीसहितको ठूलो समूह एमाले प्रवेश गरेको छ ।

बजरंगी र माधुरीको एमाले प्रवेश गरेसँगै मन्त्री सहश्रराम यादवलाई ठूलो धक्का लागेको छ । कार्यक्रममा बजरंगीले अबको सरकारको नेतृत्व र देशको भविष्य दुवै एमालेको हातमा हुने स्पष्ट भएपछि आफू एमाले प्रवेश गरेको बताउनुभयो ।

कपिलवस्तु क्षेत्र १ को २ मा यसअघि गत प्रदेशसभा चुनावमा मन्त्री सहश्रराम यादवसँग चारसय मतान्तरमा हार्नुभएका मधुसुधन शरण चौधरी एमालेमा प्रवेश गरेर उम्मेदवार हुनुहुन्छ । त्यसमा पनि बजरंगी र माधुरीको आगमनले एमाले झनै मजबुत बनेको एमालेका अध्यक्ष डम्बर शर्माले बताउनुभयो। बजरंगी त्यो क्षेत्रमा बलियो पकड भएका नेता हुनुहुन्छ ।

कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नं ११ बाट नेपाली काँग्रेस परित्याग गरी ७५ जना एमालेमा प्रवेश गरेको जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले बताउनुभयो।