अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गगनलाई राजन भट्टराईको प्रश्न : एमालेले गरेका विकासका कामलाई आफूले गरेको भन्दै भोट माग्न लाज लाग्दैन ?

गगनलाई राजन भट्टराईको प्रश्न : एमालेले गरेका विकासका कामलाई आफूले गरेको भन्दै भोट माग्न लाज लाग्दैन ?


काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डा. राजन भट्टराईले कांग्रेस महामन्त्री गगन थापाले एमालेले गरेका विकासका कामलाई आफूले गरेको भनेर भ्रम छर्न खोजेको आरोप लगाउनु भएको छ।

काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई चाबहिल मित्रपार्कमा सम्बोधन गर्दै महामन्त्री गगनसँग दोस्रोपटक चुनावी प्रतिस्पर्धा गर्न लागेका नेता भट्टराईले एमालेको नेतृत्वमा भएका कामलाई आफूले गरेको भनेर भिडिओ बनाएको भन्दै आलोचना गर्नुभएको हो । 

नेता भट्टराईले भन्नुभयो, ‘गगन थापा भिडिओ बनाएर कमलपोखरी मैले बनाएको भन्दै भ्रम छर्दै हुनुहुन्छ । कमलपोखरी बनाउनु हुन्न भनेर तत्कालीन मेयर विद्यासुन्दर शाक्यलाई चिठी लेख्नै तपाई होइन ? थापाले लेख्नु भएको त्यो चिठी अहिले पनि हामीसँग सुरक्षित छ । आज विद्यासुन्दर नेतृत्वको महानगरले बनाएको कमलपोखरीको भिडिओ राखेर मैले बनाएको भन्न लाज लाग्दैन ?’

डा.भट्टराईले आफू प्रधानमन्त्रीको सल्लाहकार हुँदा कपन लगायत काठमाडौं ४ मा लगेका योजनाहरुको फोटो र भिडिओ बनाएर गगनले आफूले गरेको भन्ने भ्रम फैलाउन खोजेको आरोप समेत लगाउनुभयो ।

गगन थापा भिडिओ बनाएर कमलपोखरी मैले बनाएको भन्दै भ्रम छर्दै हुनुहुन्छ । कमलपोखरी बनाउनु हुन्न भनेर तत्कालीन मेयर विद्यासुन्दर शाक्यलाई चिठी लेख्नै तपाई होइन ? थापाले लेख्नु भएको त्यो चिठी अहिले पनि हामीसँग सुरक्षित छ । आज विद्यासुन्दर नेतृत्वको महानगरले बनाएको कमलपोखरीको भिडिओ राखेर मैले बनाएको भन्न लाज लाग्दैन ?

उहाँले भन्नुभयो– ‘साततलेबाट तेन्जिङचोक हुँदै कपन खरिबोटको कालोपत्रे सडक बनाउन कति ठाउँमा दौडधूप भयो, यसको साक्षी ११ नम्बर वडाको वडाध्यक्ष शम्भु भट्टराई यहिं हुनुहुन्छ । आज गगनजी त्यो सडक पिच पनि मैले गरेको भन्दै भिडिओ प्रचार गर्दै हुनुहुन्छ । यस्ता भ्रम बाहिरका मान्छेले पत्याउलान् तर कपनका र यो क्षेत्रका मान्छेले पत्याउँदैनन् ।’

भट्टराईले गगन थापा गफमात्र गर्ने र काम केही नगर्ने जनप्रतिनिधिको रुपमा काठमाडौं ४ का जनताले चिनेसकेको बताउनु भयो ।