अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्यमा भोट माग्दै मतदाताको घरघरमा कमल थापा

सूर्यमा भोट माग्दै मतदाताको घरघरमा कमल थापा


हेटौंडा – मकवानपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार कमल थापाले घरदैलो अभियानलाई तीब्रता दिनुभएको छ ।

पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापा पछिल्लो दिनहरुमा चुनावी अभियानलाई अगाडी बढाउँदै सूर्यमा मतदान गर्न अनुरोध गर्दै घरदैलो अभियानमा हुनुहुन्छ ।

शनिबार बिहान हेटौंडा ५ को विभिन्न स्थानमा घरदैलो गर्दै एमालेको सूर्य चिन्हमा मतदान गर्न मददाताहरुसँग अुनरोध गर्नुभयो ।

यसअघि, शुक्रबार थापा हेटौंडा ६ र ८ को घरदैलो अभियानमा हुनुहुन्थ्यो ।