अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विकास र समृद्धि लागि एमालेले चुनाव जित्नुपर्छ : माधव ढुङ्गेल

विकास र समृद्धि लागि एमालेले चुनाव जित्नुपर्छ : माधव ढुङ्गेल


काठमाडौं – नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले मंसीर ४ को निर्वाचन एमालेको लागि महासङ्ग्राम भएको बताउनुभएको छ ।

नेकपा एमाले रामेछाप खाँडादेवी गाउँ पार्टी कमिटीले आज आयोजना गरेको निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा बोल्दै नेता ढुङ्गेलले यो चुनाव व्यक्ति को उठ्यो भन्दा पनि पार्टीलाई कसरी जिताउने भन्नेमा केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा उम्मेदवार अन्य पार्टीका उम्मेदवार भन्दा धेरै माथि छन्, तर हामीले व्यक्ति को छ भन्नेमा ध्यान दिएका छैनौँ, पार्टीले चुनाव जितेन भने देश बरबाद हुन्छ भन्नेमा हाम्रो ध्यान छ ।’

आज योग्य पात्र पठाउन नसक्दा केही समय कोही खुसी त होला तर देशको विकास थप एक दशक पछि पर्ने उहाँले बताउनुभयो । त्यस कारण योग्य पात्रलाई नै निर्वाचनमा विजयी गराउन जरुरी रहेको ढुङ्गेलको भनाइ छ ।

नेपालको विकास र समृद्धिको आधार तयार भएपछि विरोधी शक्तिले एमाले  विरुद्ध घेराबन्दी गरेका उहाँले प्रष्ट पार्नुभयो । नेपालको विकास र समृद्धि माथि गठबन्धन बनाएर आक्रमण गरिएको छ, यो लडाइँमा नेपालले जित्नु पर्छ, त्यसको लागि एमालेले जित्नु पर्छ’, ढुङ्गेलले भन्नुभयो ।

यो निर्वाचन केपी ओलीलाई प्रधानमन्त्री बनाउने कि शेरबहादुर देउवालाई बनाउने भन्नेमा केन्द्रित रहेको बताउनुभयो । एक पल्ट सोचौँ देश केपी ओलीले बताउन सक्छन् कि, देउवाले,  आत्माले जे भन्छ त्यही गरौँ’, उहाँले भन्नुभयो ।

Skip This