काठमाडौं – सरल र स्वच्छ छवि राजनीति गर्नेहरूमा हुनुपर्ने हो तर त्यो इमान्दारीता कमैमा पाइन्छ । कमै मात्रामा पाइने स्वाभाव सरल र स्वच्छ छविका कृष्ण पौडेल एमाले नवलपुर क्षेत्र-१ बाट प्रतिनिधिसभाको निर्वाचन हाइप्रोफइलसँग भिड्दै हुनुहुन्छ । २०४८ सालदेखि २०७४ सालसम्म नेपाली कांग्रेसले एकलौटी विजयी हासिल गरेको यो क्षेत्र अहिले कृष्ण पौडेलको उमेदवारीले कोल्टे पर्ने अवस्थामा पुगेको छ ।
कांग्रेसका नेताहरू सुर्यभक्त अधिकारी २०४८, महेन्द्रध्वज जिसी २०५१, दामोदर बस्ताकोटी २०५६, डा. शशांक कोइराला, २०६४, २०७०, र २०७४ सालको आम निर्वाचनमा विजयी हुनुभयो । उहाँहरूको विजयले नवलपुरको कुनै रूप रंग फेरिन सकेन अझ क्षेत्र नम्बर १ त झन् विकासका पूर्वाधारको हिसावले पछि नै पर्यो । जनप्रतिनिधि निरन्तर एउटै पार्टी हुँदा समेत यहाँको काँचुली नफेरिएपछि अहिले यस क्षेत्रका मतदाताहरूको रोजाई पौडेल पर्ने निश्चित छ ।
नवलपुरको माटोमा हुर्केका रहजर पढेका गैंडाकोट बसोबास भएका पौडेलको सरल, मिजासिलो स्वाभवले गर्दा मतादाताहरू उहाँप्रति आकर्षित भएका हुन् । टुरिष्ट खोज्दैनौं स्थानीय रोजौं भन्ने भावना यहाँ जागृत भएको छ । ‘सुख होस् या दुःख नजिकै भेटिने नेता चाहिदो रहेछ’ गैंडाकोट–५ का पिताम्बर शर्माले भन्नुभयो, ‘कृष्णलाई हामीले २०७४ मै खोजेका थियौं यस पटक पायौं खुसी छौं विजयी बनाएर पठाउछौं ।’
डा. शशांक कोइराला, २०६४, २०७०, र २०७४ सालको आम निर्वाचनमा विजयी हुनुभयो । उहाँहरूको विजयले नवलपुरको कुनै रूप रंग फेरिन सकेन अझ क्षेत्र नम्बर १ त झन् विकासका पूर्वाधारको हिसावले पछि नै पर्यो । जनप्रतिनिधि निरन्तर एउटै पार्टी हुँदा समेत यहाँको काँचुली नफेरिएपछि अहिले यस क्षेत्रका मतदाताहरूको रोजाई पौडेल पर्ने निश्चित छ ।
शर्माका अनुसार शशांक यहाँका स्थानीय पनि होइनन् । प्रदेश नम्बर १ को विराटनगर घर भएका कोइरला अहिले काठमाडौंमा बसोबास छ । चुनाव बेला गाउँ आउने जितेर जाने अनि पाँच वर्ष हराईदिने बानीले यहाँका मतदाता आकुल छन् । ‘उहाँ हाम्रा लागि आकाशको फल । जिताएर पठाए पनि हाम्रो सुख-दुखमा कहिले पनि उहाँको साथ पाइएन । त्यति मात्र होइन आपत पर्दा भेटघाट समेत पाइदैन ।’
यसरी होमिए राजनीतिमा पौडेल
२०२१ सालमा बाग्लुङमा जन्मेका पौडेलको २०३४ देखि नवलपुरमा बसाई भयो । विद्यालय जीवन र आन्दोलनको राततापमा उहाँ परिवर्तनका लागि होमिए । २०३६ मा निरकुंश पञ्चायतका बिरूद्धको आन्दोलनमा विद्यार्थीहरूको नेतृत्व गर्ने पौडेल नै हनुुहुन्थ्यो । सानै उमेरमा राजनीति चेत भएका पौडेल उच्च शिक्षाका लागि काठमाडौंमा हुँदा रत्न राज्य क्याम्पसको विद्यार्थी युनियनको उपसभापति हुनुभयो । बहुदलको माग र आन्दोलनको ज्वारभाटा बढ्दै गर्दा २०४६ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्यको रूपमा संयुक्त जनआन्दोलनमा सक्रिय हुन पुगे । उहाँ नवलपरासी जिल्ला हुँदा वाम मोर्चाका तर्फबाट संयुक्त जनआन्दोलन संघर्ष समितिको सदस्य हुनुहुन्थ्यो ।
आन्दोलन पछि बहुदल घोषण भयो । बहुदल पछि नेकपा एमाले बन्यो नेकपा एमाले नवलपरासीको २०४८ सालमा जिल्ला सचिवको जिम्मेवारी सम्हालेका पौडेल निरन्तर रूपमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र आम युवा वर्गलाई वैचारिक रूपमा संगठित गर्ने अभियानमा लाग्नुभयो । पौडेलकै नेतृत्वमा २०४९ सालमा जिल्ला विकास समितिको सभापति एमालेले निर्वाचित गर्न सफल भयो भने २०५४ सालमा पनि एमालेले जिल्ला विकास समितिको सभापति सहित अधिकांश गाउँ विकास समितिहरूमा विजयी हुन सफल भयो ।
पार्टी राजनीतिमा होमिएका पौडेल संसदीय राजनीतिमा भने धेरै पछि मात्र प्रवेश भयो । पार्टीमा सबै जात भाषा, धर्म सम्प्रदायको सहभागी जरूरी ठानेका पौडेलको नेतृत्वमा २०४८ सालमा थारू समुदायबाट नवलपरासी क्षेत्र नम्बर २ मा मझीलाल थारु थनेतलाई टिकटको व्यवस्थापन गरी निर्वाचित गर्न एमाले सफल भयो । २०४८ साल देखि यो क्षेत्रमा कम्युनिष्ट बाहेक अरू पार्टीले निर्वाचन जित्न सकेका छैनन् । २०४८ देखि २०६४ सम्मको विभिन्न समयमा एमालेको जिल्ला नेतृत्व गरेका पौडेलले जनआन्दोलन २०६२/०६३ मा अग्रणी भूमिका हुनुहुुन्थ्यो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि २०७० सालको संविधान सभामा तत्कालिन नवलपरासी क्षेत्र-३ बाट विजयी भएका पौडेल आफ्नो कार्यकालमा संविधान जारी गर्ने संविधान सभा सदस्य भएको नवलपुरबासी गौरव गर्छन् ।
देशले संघीय शासन प्रणाली अवलम्बन गरेपछि नेकपा एमाले गण्डकी प्रदेश कमिटिको सचिवालय सदस्य हुँदै चितवनमा भएको १०औं राष्ट्रिय महाधिवेशनबाट पौडेल केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । अहिले उहाँ नवलपुरको जिल्लाको सहइञ्चार्जको रूपमा काम गर्दै आउनुभएको छ । २०३५, २०३८, २०४२ र २०४६ सालको आन्दोलनमा पटक पटक गिरफ्तारमा परेका पौडेल ज्यान धत्केलामा राखेर लोकतान्त्रिक व्यवस्थाका लागि लडेका अथक योद्धा हुनुहुन्छ । उहाँ जिल्लाको शान्ति समितिको संयोजकको रूपमा कार्य गरी द्वन्द्व प्रभावितहरूका लागि न्यायका लागि निरन्तर लागेका व्यक्ति हुनुहुन्छ ।
विकासमा पौडेल
नवलपरासीको विकासमा पौडेलको ध्यान केन्द्रीत छ । उहाँ कृषि उत्पादकत्व बृद्धिका लागि तराईका समथर फाँटहरूमा सिचाई, नारायणी नदी र खहरे खोलामा आउने बाढी नियन्त्रणमा योजनाबद्ध कार्यक्रम, पहाडी भेगमा यातायात र विद्युत सेवाका लागि निरन्तर क्रियाशिल हुनुहुन्छ । पौडेलकै पहलमा धौवादीमा गोल पोखरी शान्ति पार्क निर्माण, देवचुली डाँडाको पर्यटकीय विकासका लागि पहिचान, बोझा पोखरीमा नेपाल विद्युत प्राधिकरणको ३३ केभिए प्रशारण लाइन निर्माणाधिन अवस्थामा छ । धार्मिक पर्यटन, पर्यापर्यटनमा पनि पौडेलको उत्तिकै चासो छ । बुलिङटारमा उत्पादन हुने अदुवा, सुन्तलाको उत्पादनमा प्रविधिको प्रयोग, स्थानीय तहमा रोजगारी सृजना, कालीगण्डकी कोरिडोरको निर्माण, कावासोती , दलदले –बोझापोखरी कोखेटार सडक, रजहर, अमरापुरी बाह्रकोल छरछरे सडक निर्माण गरी बाह्रै महिना सडकसञ्जालको पहुँचमा पहाडलाई जोड्ने, प्राविधिक विद्यालय, क्याम्पसहरूको शिक्षामा जोडदिने गरी निर्वाचनमा पौडेल होमिएका छन् ।
स्वास्थ्य, शिक्षा, कृषि उत्पादकत्व बृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा यूवाहरूलाई केन्द्रीत गर्ने अठोट पौडेलसँग छ । खेलकुद क्षेत्रमा नवलपुरलाई पर्यटकीय हिसावले अगाडि बढाउन सकिने आधारहरू सहित पौडेलको उमेदवारी रहेको छ । भूमिहिन, सुकुम्बासीहरूको लागि जग्गाको मालिक बनाउने गरी कार्य उनले थालनी गर्नेछन् ।
आधारभूत कुरामा जनतालाई सुबिधा दिने लक्ष्य मेरो हुनेछ पौडेलले भन्नुहुन्छ– ‘नजिकलाई हेरौं माटोलाई रोजौं अवसरलाई टिपौंं।’







प्रतिक्रिया