अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा मोरङ जिल्ला सदस्य बसुन्धरा झासहित सयौं एमालेमा प्रवेश

जसपा मोरङ जिल्ला सदस्य बसुन्धरा झासहित सयौं एमालेमा प्रवेश


विराटनगर – जनता समाजवादी पार्टी जसपाकी मोरङ जिल्ला सदस्य बसुन्धरा झासहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार नेकपा एमाले मोरङले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा जसपाको ठूलो समूह पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई नेकपा एमालका स्थायी कमिटी सदस्य गुरु बरालले पार्टी प्रवेश गराउनुभयो ।

झासँगै जसपाको जहदा नगर कमिटीका उपाध्यक्ष निरादेवी शाह, सचिव रुपा महतो, कोषाध्यक्ष सीता पैदारलगायत सिंगो नगर कमिटी एमालेमा समाहित भएको छ ।

कार्यक्रममा मोरङ क्षेत्र नम्बर ६ (ख) बाट प्रदेश सभाका उम्मेदवार पर्शुराम बस्नेत, एमाले मोरङ उपाध्यक्ष बाबुराम कार्की लगायतको उपस्थिति रहेको थियो ।