रुपन्देही – नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णु पौडेललाई जिताउन मतदाता सक्रिय बन्न थालेका छन् ।
रुपन्देहीका विकासप्रेमी एवं जनप्रिय नेता पौडेल जिताउन अन्य पार्टीमा रहेको प्रभावशाली नेता कार्यकर्तासमेत धमाधम एमालेमा प्रवेश गर्नेको लहर नै चलेको छ । राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्नुका साथै रुपन्देहीको विकासको नेतृत्वकर्ता नेता भएकोले उहाँलाई जिताउने अभियानमा लाग्ने अठोटसहित आज मात्रै स्थानीय लोकप्रिय नेताहरु एमाले प्रवेश गरेका छन् ।
बुटवल–११, हात्तीसुँढका अगुवा नेताहरुसहित १७६ जना आज पौडेलको हातबाट अविर लगाई एमाले प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रका नेता राजु शाही, विशाल राना, नेकपा एकीकृत समाजवादीकी नेतृ राधादेबी अधिकारी, जनता समाजवादीका सुनिल न्यौपाने र प्रविनकुमार काफ्ले लगायत सो वडाका १७६ जना प्रवेश गर्नुभएको हो ।
उहाँहरुले विष्णु पौडेलको जीत सुनिश्चित भएपनि सोसो अभियानमा लाग्ने अठोटसहित एमाले रोजेको बताउनु भयो ।










प्रतिक्रिया