अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको क्षेत्र नं १ र ५ मा हुने निर्वाचन केन्द्रीत कार्यकर्ता भेलालाई आज अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

झापाको क्षेत्र नं १ र ५ मा हुने निर्वाचन केन्द्रीत कार्यकर्ता भेलालाई आज अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने


झापा -कार्यकर्ता भेटघाट तथा निर्वाचन प्रचारका क्रममा झापा आउनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज क्षेत्र नं १ र ५ मा आयोजना हुने दुईवटा कार्यक्रममा सहभागी हुनुहुनेछ । आज विहान ११ बजे क्षेत्र नं १ स्थित को धुलाबारीमा हुने कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि सहभागी हुनुहुनेछ ।
यसैगरी दिउसो २ बजे दमकको रोयल पार्टी प्यालेसमा आयोजना गरिएको क्षेत्र नं ५ स्तरीय नेता तथा कार्यकर्ता सहभागी हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नु हुने एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालले जानकारी दिनुभयो ।
हिजो अध्यक्ष ओलीको स्वास्थ्यमा केही समयस्या आएपछि प्रेस चौतारी झापाले आयोजना गरेको कार्यक्रममा उहाँ सहभागी हुन सक्नुभएको थिएन । तर आज स्वास्थ्य अवस्था टिक भएकोले सबै कार्यक्रमहरु यथावत सञ्चालन हुने दाहालले जानकारी दिनुभयो ।