अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उराउ बस्तिका बासिन्दा भन्छन्– ‘पहिला पनि एमालेले विकास गर्‍यो, अब आश पनि एमालेकै छ !’

उराउ बस्तिका बासिन्दा भन्छन्– ‘पहिला पनि एमालेले विकास गर्‍यो, अब आश पनि एमालेकै छ !’


झापा – झापाको दमक–९ स्थित उराव बस्तीका बासिन्दाले नेकपा एमालेको अगुवा र पहलकै कारण विपन्न बस्तीमा पनि विकासका पूर्वाधार विस्तार भएको बताएका छन् ।
बुधबार प्रदेश सभाका उम्मेद्वार होमबहादुर थापासँगको भेटमा उनीहरूले एमालेकै पहलमा सो विपन्न बस्तीमा सडक कालोपत्रे भएको, विद्युत विस्तार भएको र मजदुरहरूको सेवा-सुविधाका लागि पनि पहल गरिएको बताएका हुन् । सो वस्तिका ६५ वर्षिय सोमरा उराउले भन्नुभयो- ‘हामी भनेको २०४६ साल देखि एमालेका मान्छे हौं, यहाँका मान्छेले एमाले बाहेक अरूलाई चिन्दा पनि चिन्दैनन् ।’ तर एमालेको पहल र अगुवाईमा भएका विकासका कामलाई केही केही व्यक्तिहरू आएर आफूले गरिदिएको भनेर भ्रम छर्न खोजे पनि यहाँका बासिन्दाले नपत्याउने उहाँको भनाई छ ।

सोही बस्तिकी ४० वर्षिया मन्ती उराव पनि यहाँको सडक, विजुली बत्ती लगायतका विकास एमालेले नै गरेको बताउनुभयो । अब बाँकी रहेका समस्या पनि एमालेलेनै समाधान गर्ने आशामा रहेको उहाँले बताउनुभयो । यस वस्तिका सवैजसो बासिन्दा नजिकै रहेको चिया बगानमा मजदुरी गरेर जिविका चलाउने गरेका छन् । अन्य दलका उम्मेद्वार र नेताहरू चुनावको बेला मात्र आउने र एमालेका मान्छेहरूले आफुहरूका सवै समस्या समाधानमा साथ दिने गरेको सोही वस्तिका मिन्जू उराउले बताउनुभयो ।

नागरिकता र धनिपूर्जाको आशा
यस वस्तिका बासिन्दाले अब बन्ने एमालेको सरकारले यहाँ नागरिकता पाउन बाँकी रहेकाहरूलाई नागरिकता दिलाउनु पर्ने र पुस्तौदेखि बसोबास गरिरहेकाहरूलाई जग्गाको धनीपूर्जा उपलव्ध गराउनु पर्ने अपेक्षा राखेका छन् । सोही वस्तिकी मग्दली टोप्पोले भन्नुभयो– ‘अहिले समन्न हाम्रा लागि गर्दै आएको पार्टी भनेको एमाले हो, एमालेकै वडाअध्यक्ष, सदस्य, मेयर उपमेयर हुँदा पनि धेरै काम गरिदिनु भएको छ र अब बाँकी काम पनि एमालेले मात्रै गरी देला भन्ने आशा छ ।’

उराव बस्तिका समस्या अरू कसैले समाधान गरी देला भन्ने आशा पनि नगरेको यहाँका वस्तिका ६० वर्षिय विफाई उराउको भनाइ छ । उहाँले भन्नुभयो– ‘हामी अरूलाई भन्न पनि जाँदैनौ, कसैले गरि देला भन्ने आश पनि छैन, पिच थिएन पिचबाटो बन्यो । बिजुली थिएन, बिजुली आयो। अब एमालेले हामीलाई धनीपुर्जा र नागरिकता दिन्छ भन्ने आशा छ ।’
जन्मसिद्ध नागरिकता पाएका यस वस्तिका सन्तानहरू पनि नागरिकता लिने उमेरका भई सकेका छन् । तर उनीहरूले नागरिकता पाउन नसक्दा समस्या भएको उनीहरूको गुनासो छ ।

जनअपेक्षा जायज छ– थापा
स्थानीयबासीको धारणा सुनेपछि नेकपा एमालेको तर्फबाट प्रदेश सभाको उम्मेद्वार बन्नु भएका होमबहादुर थापाले उराउ वस्तिका बासिन्दाको अपेक्षा जायज भएको बताउनुभयो । विगतमा पनि बगान तथा बस्तिमा भएका समस्या समाधानमा एमालेले अगुवाई गरेकाले बाँकी रहेका समस्या पनि एमालेबाटै सामधान हुनुपर्छ भन्ने स्थानीयको अपेक्षा स्वभाविक भएको उहाँको भनाई छ ।
एमालेको नेतृत्व भएको समयमा तीनवटै तहका सरकार मार्फत बजेट बिनियोजन गराएका सडक, विजुली, आयमूलक कार्यक्रम जस्ता योजनाहरू यस वस्तिमा सञ्चालन गरिएको उहाँले बताउनुभयो । नागरिकता, धनीपूर्जा लगायतका समस्या पनि समाधानमा एमाले क्रियाशिल रहेको उहाँको भनाई छ । सुकुमबासी समस्या समाधान आयोग खारेज गरेर वर्तमान सरकारले पूर्वाग्रह साँधेका कारण यस्ता भुमिहिन विपन्न परिवारको समस्या समाधान हुन नसकेको भन्दै आगामी चुनाव पछि बन्ने सरकारको प्राथमिकतामा भुमि तथा नागरिकता सम्वन्धि समस्या समाधान गर्नु प्राथमिकतामा पर्ने थापाले बताउनुभयो ।
एमाले प्रदेश कमिटी सचिवालय सदस्य रहनु भएका थापाको समेत पहलमा यस वस्तिमा पूर्वाधार एवम् मानवीय संसाधन विकासको काम हुँदै आएका छन् ।

Skip This