अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावको मुखमा फ्रि भिसा र फ्रि टिकटको आश्वासन बाँड्ने ठगलाई कारबाही गर्नुपर्दछ : अध्यक्ष ओली

चुनावको मुखमा फ्रि भिसा र फ्रि टिकटको आश्वासन बाँड्ने ठगलाई कारबाही गर्नुपर्दछ : अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्रि भिसा र फ्रि टिकटको आस्वासन बाँड्ने ठगहरुलाई कारबाही गर्नुपर्ने बताउनु भएको छ ।

आज झापाको धुलाबारीमा राप्रपा र एमालेले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै उहाँले हिजो रौतहटमा माधव नेपालले फ्रि भिसा र टिकटको लोभ देखाएर युवाहरुलाई भ्रमित गरेको प्रति आपती जनाउदै सो कुरा बताउनुभएको हो ।

यसैगरी बारा ४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले प्रचार कार्यलमा उक्त क्षेत्रका युवाहरुलाई फ्रि भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कार्बाहीको माग गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन कुशुलेका कठपुतली हुन् कसले नचाउछ थाहा छैन । राप्रपा देशका लागि विवेकले निर्णय गर्दछ ।’