अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शेरबहादुर तामाङ जनताको घरदैलोमा

शेरबहादुर तामाङ जनताको घरदैलोमा


सिन्धुपाल्चोक – नेकपा एमाले नेता एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरबहादुर तामाङ यतिखेर जनताको घरदैलोमा हुनुहुन्छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सिन्धुपाल्चोक क्षेत्र-२ बाट उम्मेदवार बन्नुभएका तामाङ जनताको घरदैलोमा पुगेर उहाँहरूको समस्या र गुनासो सुन्दै हुनुहुन्छ ।

स्थानीको घर घरमा पुग्नुभएका तामाङलाई सिन्धुपाल्चोकबासीले मनदेखि स्वागत गरेका छन् । उहाँसँगै मतदाताहरूले आत्मीयता साटिरहेका छन् ।

एमाले भित्र स्वच्छ छविका शालीन नेताको रूपमा परिचित तामाङले आफूले बोलेको विषयलाई लिएर प्रश्न उठेपछि मन्त्री पदबाटै राजीनामा दिएर उच्च नैतिकता कायम गर्नुभएको थियो । बोलेको विषयलाई बङ्ग्याएर उठाइएको प्रश्नलाई लिएर मन्त्री पदबाटै राजीनामा दिने सम्भवतः नेपालको पहिलो मन्त्री उहाँ नै हुनुहुन्छ ।

घुस खान्न बरु जनतासँग मागेर खान्छु भन्ने स्पष्ट धारणा भएका तामाङको नेपालको आर्थिक विकासको स्पष्ट धारणा छ । उहाँले गाँजा खेतीमा नेपालको विकास देख्नु भएको छ ।

गाँजा खेती गरी विदेश निर्यात गर्ने हो भने नेपालीको आर्थिक स्तर ५ वर्षभित्र विकसित मुलुकको दाँजोमा पुर्‍याउन सकिने उहाँको धारणा छ । ‘गाँजा नेपालको हिमालदेखि तराईसम्म उत्पादन हुन्छ, गाँजा लागु औषधको रूपमा होइन, औषधीको रूपमा कानुन बनाएर उत्पादन गर्नुपर्छ, विदेश पठाउनु पर्छ, नेपाल र नेपालीको समृद्धि यसैमा छ’, तामाङको स्पष्ट धारणा छ ।

तामाङ प्रतिनिधि सभा सदस्य हुँदा गाँजा खेती सम्बन्धी गैरसरकारी विधेयक संसद्मा दर्ता गराउनुभएको छ । त्यसलाई छलफलमा ल्याई पास गराएर नेपालीको समृद्धिको लागि कार्यान्वयन ल्याउन आफूले नेतृत्व गर्ने उहाँ बताउनुहुन्छ ।