अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर एमालेको जनलहर छ, बहुमत ल्याएर जित्छौं : विष्णु पौडेल

देशभर एमालेको जनलहर छ, बहुमत ल्याएर जित्छौं : विष्णु पौडेल


रुपन्देही – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशभर एमालेको जनलहर चलेको भन्दै आगामी निर्वाचनमा बहुमत ल्याएर जित्ने दाबी गर्नुभएको छ ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगनले रुपन्देहीमा गरेको भेलामा पौडेलले देशको विकास र समृद्धिका लागि एमाले नै चाहिने बताउनुभयो। उहाँले भन्नुभयो, ‘सडक, सिंचाई, शिक्षा, स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले काम गरेको छ । तिनै कामले जनताले एमालेलाई रोजेको हो ।’

उपाध्यक्ष पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र रुपन्देही र आसपासका क्षेत्रलाई विकासको रोलमोडल बनाउने गरी ड्रिम प्रोजेक्ट अगाडि सारेको बताउदै ती प्रोजेक्ट अहिले कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो । एमालेका सरकारले अघि सारेका योजनालाई सार्थक रुप दिन आगामी निर्वाचनमा एमालेले फराकिलो मतान्तरले जितेर सरकारमा आउने पनि दाबी गर्नुभयो ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका उपाध्यक्ष पौडेलले एमाले जनताको प्रिय पार्टी भएकाले सोही अनुसार मत आउने बताउनुभयो ।