अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आदिवासी जनजातिसँग एमाले अध्यक्ष ओलीले भोलि प्रत्यक्ष संवाद गर्ने

आदिवासी जनजातिसँग एमाले अध्यक्ष ओलीले भोलि प्रत्यक्ष संवाद गर्ने


काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार आदिवासी जनजातिसँग संवाद गर्ने भएका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले ओलीसँग जनजाति समुदायको अन्तरक्रिया संयोजन गर्न लागेको महासचिव पेम्बा गुरुङ भोटेले बताउनु भयो ।

महासंघका सहइन्चार्ज तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा, महासंघका अध्यक्ष गोकुल घर्ती, महासचिव पेम्बासहितले ओलीलाई भेटेर कात्तिक ४ गते जनजातिसँग संवाद कार्यक्रमको निम्ता दिनुभएको थियो ।

अध्यक्ष ओलीले कात्तिक ४ गते नै सर्वसाधारणका सुझाव सुन्न टेलिफोन संवादको समय समेत छुट्याउनु भएको छ । सोही दिन देशभरका आदिवासी जनजाति समुदायका अगुवा तथा जातीय संगठनका प्रतिनिधिहरुको सुझाव सुन्ने महासचिव भोटेले बताउनुभयो ।

ओलीसँग संवादका लागि महासंघले शुक्रवार मध्यान्ह १२ बजे जनजाति समुदायलाई राष्ट्रियसभा गृहमा बोलाएको छ ।