अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोमाञ्चक जीत निकाल्दै स्पर्स नकआउटमा

रोमाञ्चक जीत निकाल्दै स्पर्स नकआउटमा


काठमाडौं-इन्जुरी समयमा गोल गर्दै इंग्लिस क्लब टोटनहम हटस्पर्स च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब मार्सेलाई २–१ गोल अन्तरले पराजित गरेपछि स्पर्स समूह डीको विजेता बन्दै नटआउट चरणमा प्रवेश गरेको हो ।

प्रतियोगिताबाट बाहिरिने संघारमा रहेको स्पर्सका लागि पिएरे एमिल होजबर्गले खेलको ९५ औँ मिनेटमा गोल गर्दै जीत दिलाए । यसअघि पहिलो हाफको इन्जुरी समयमा चान्सेल एम्बेम्बाले गोल गर्दै फ्रेन्च टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको सुरुवातमा नै क्लेमेन्ट लेङलेटले स्पर्सका लागि गोल गर्दै खेल बराबरी गरेका थिए ।

उता, समुहको अर्को खेलमा फ्राङ्कफर्टले स्पोर्टिङ लिजबनलाई उसैको घरेलु मैदानमा २–१ ले हराउँदै अन्तिम १६ मा स्थान बनायो । समूहमा स्पर्स ११ अंक बटुल्दै शीर्ष स्थानमा रह्यो भने फ्राङ्कफर्ट १० अंकसहित दोस्रो बन्यो ।