अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इमरान खानको पत्रकार सम्मेलनको प्रसारण प्रतिबन्ध हटाइने

इमरान खानको पत्रकार सम्मेलनको प्रसारण प्रतिबन्ध हटाइने


काठमाडौं-पाकिस्तान सरकारले पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी एण्ड अथारिटी (पीइएमआरए)लाई पीटीआई अध्यक्ष इमरान खानको पत्रकार सम्मेलनको प्रसारण वा पुनः प्रसारणमा च्यानलहरूमाथि लगाइएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

सूचना मन्त्री मरियम औरंगजेबको कथनलाई उद्धृत गर्दै डनका अनुसार प्रधानमन्त्री सहबाज सरिफले संविधानको धारा १९ (वाक स्वतन्त्रता) अन्तर्गत कानुनी आवश्यकताहरूको निरन्तर कार्यान्वयन सुनिश्चित गर्न मिडिया वाचडगलाई आदेश दिएका छन्।

विज्ञप्तिमा भनिएको प्रतिबन्ध हटाउने निर्देशन पीइएमआरए अध्यादेश सन् २००२ को धारण ५ अन्तर्गत दिइएको उल्लेख छ। “प्रधानमन्त्रीले इमरान खानको पालाको तीतो परम्पराको अन्त्य गरेर नयाँ परम्परा स्थापित गरेका छन्, सूचना मन्त्री औरंगजेबले भने । एजेन्सी

Skip This