अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्यालिब्रेसन फ्लाइटका लागि पोखरा आइपुग्यो एरो थाई

क्यालिब्रेसन फ्लाइटका लागि पोखरा आइपुग्यो एरो थाई


पोखरा-पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यान्त्रिक उडान परीक्षण (क्यालिब्रेसन फ्लाइट) का लागि एरो थाइ कम्पनीको जहाज शनिबार पोखरा आइपुगेको छ । पोखरा विमानस्थलमा राखिएको जहाजले सोमबारदेखि १२ गतेसम्म परीक्षण उडान गर्नेछ ।

उक्त यान्त्रिक विमानले बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट गर्ने बताइएको छ ।

यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका कारण पोखरा विमानस्थलको नियमित उडान प्रभावित हुने भएको छ ।