बाँके-बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल उद्योगमा आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उद्योगभित्र रहेको फर्नेस आयलको ट्यांकीमा विद्युत् सर्ट सर्किट हुँदा आगलागी भएको हो।
बिहीबार बिहान करिब १ः३० बजे ट्यांकीमा आगलागी भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
आगलागी भएको ट्यांकीको क्षमता दुई लाख लिटर रहेको छ। प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा बिहान करिब २ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घटनाको कारण र क्षतिको विवरणबारे थप अनुसन्धान भइरहेको छ।



प्रतिक्रिया