अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहा-१ मा एमालेका रामशंकर यादव विजयी

सिरहा-१ मा एमालेका रामशंकर यादव विजयी


सिरहा – सिरहा क्षेत्र नम्बर १ मा नेकपा एमालेका रामशंकर यादव निर्वाचित हुनुभएको छ । यादव २९ हजार ४६२ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

यसअघि नेपाली कांग्रेस नेता प्रदीप गिरीले जित्नुभएको सो क्षेत्रमा नेपाली कांग्रेसका पद्मनारायण चौधरी २ हजार मतले पराजित हुनुभएको छ ।

यस्तै, कांग्रेसका चौधरी २७ हजार ३७९ मत प्राप्त गर्नुभएको छ । यसैगरी जनमत पार्टीका युगलकिशोर साहले ६ हजार ८४९ मत ल्याउनु भएको छ ।

सिरहा १ मा यसअघि नेपाली कांग्रेसका नेता प्रदीप गिरि विजयी हुनुभएको थियो । उहाँको निधन भइसकेको छ।

कांग्रेसले जितेको यो क्षेत्र यस पटक एमालेले जित्न सफल भएको छ ।