रुपन्देही – रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तर बढाउँदै लानुभएको छ । सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा पछि पर्नुभएका उपाध्यक्ष पौडेलले अग्रता लिएर मतान्तर बढाउँदै हुनुहुन्छ ।
नेता पौडेलले सूर्य चिन्हमा १७ हजार ६६३ प्राप्त गरेर अघि हुनुहुन्छ । दोस्रोमा रहेको घण्टीमा १६ हजार ५३२ मत प्राप्त भएको छ भन् घर चिन्हमा राष्ट्रिय जनमुक्ति पाटीका केशव वहादुर थापाले १४ हजार ३८२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। पौडेल र घण्टी बीच अन्तर ११३१ रहेछ ।
प्रतिक्रिया