कैलाली – कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३२३ मतले पछि पार्दै श्रेष्ठ ३० हजार ४०४ मतका साथ विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका चौधरीले १८ हजार ८१ मत पाउनुभयो । नेकपा एमालेका तपेन्द्र रावलले पाँच हजार १९० मत प्राप्त गर्नुभयो ।
जम्मा एक लाख छ हजार सात सय तीन मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ६४ हजार ९९९ मत खसेको थियो । जम्मा खसेको मतमा तीन हजार २६८ मत बदर भएको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले जानकारी दिनुभएको छ ।
यसअघि यो क्षेत्रको प्रदेशसभा (१) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी १५ हजार एक सय एक मतका साथ विजयी हुनुभएको छ । त्यस्तै प्रदेशसभा (२) बाट सोही पार्टीका उम्मेदवार लक्ष्मणकिशोर चौधरी ११ हजार ३१७ मतका साथ वियजी हुनुभएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया