अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामबाट प्रदेश सभामा एमालेका रामबहादुर मगर निर्वाचित

इलामबाट प्रदेश सभामा एमालेका रामबहादुर मगर निर्वाचित


इलाम – इलाम निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार रामबहादुर मगर विजयी हुनुभएको छ ।

उहाँले नेकपा माओवादी केन्द्रका उम्मेदवार हर्क लावती कान्छालाई २ हजार ५७८ मतान्तरले हराउनु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार राम बहादुर मगरले १३ हजार ७५४ मत प्राप्त गर्दा हर्क लावती कान्छाले ११ हजार १७६ मत प्राप्त गर्नुभएको छ ।