झापा–५ (१) बाट नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
उहाँले नेपाली कांग्रेसका उम्मेदवार जीवनकुमार राईलाई पराजित गर्नुभएको हो । कार्कीले २२ हजार ५३० मत प्राप्त गर्दा राईले १७ हजार ५८ मत प्राप्त गर्नुभयो ।
कार्की यसअघि सोही निर्वाचन क्षेत्रबाट विसं २०७४ मा प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो।
प्रतिक्रिया