अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङ ५ बाट स्वतन्त्रका योगेन्द्र मण्डल विजयी

मोरङ ५ बाट स्वतन्त्रका योगेन्द्र मण्डल विजयी


काठमाडौं – मोरङ निर्वाचन क्षेत्र नम्बर-५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित हुनुभएको छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई हराउँदै मण्डल प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

मण्डलले २१ हजार ८ सय २० मत पाएर विजयी हुँदा उहाँका निकटम प्रतिष्पर्धी शिवकुमारले १७ हजार ४ सय ८६ मत पाउनुभयो । एमालेबाट टिकट नपाएपछि योगेन्द्रले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

तेस्रो बन्नुभएका जसपाका रामकुमार यादवले १७ हजार ३ सय ९० मत पाउनुभयो । रामकुमारलाई एमालेले समर्थन गरेको थियो ।