अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन अपडेट : समानुपातिकतर्फ एमाले अग्रता कायमै

निर्वाचन अपडेट : समानुपातिकतर्फ एमाले अग्रता कायमै


कठमाडौं – प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै देखिएको छ । आज अपराह्न ७ः४५ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले सात लाख १४ हजार सात सय तीन मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले छ लाख ७७ हजार एक सय ६०, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन लाख ३९ हजार दुई सय १०, नेकपा माओवादी केन्द्रले तीन लाख १५ हजार आठ सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ६४ हजार दुई सय ७८, नेपाल मजदुर किसान पार्टीले ५२ हजार छ सय ६९, जनता समाजवादी पार्टी नेपालले ९६ हजार चार सय तीन, जनमत पार्टीले ५५ हजार तीन सय १५, नागरिक उन्मुक्ति पार्टीले ५३ हजार सात सय ८१ र नेकपा ९एकीकृत समाजवादी० पार्टीले ४६ हजार नौ सय ८३ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ३७ हजार पाँच सय ६४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले एक लाख ४० हजार चार सय ६४, कांग्रेसले एक लाख २६ हजार पाँच सय ५०, माओवादी केन्द्रले ४८ हजार नौ सय ६६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४६ हजार आठ सय ५७ र जनता समाजवादी पार्टी, नेपालले २१ हजार नौ सय ४४ मत प्राप्त गरेका छन् ।

मधेस प्रदेशमा कांग्रेसले ६० हजार छ सय ९४, एमालेले ४७ हजार तीन सय ९५, जनता समाजवादी पार्टी नेपालले ३८ हजार सात सय ५६, जनमत पार्टीले ३४ हजार आठ सय ६५ र माओवादी केन्द्रले १९ हजार एक सय १० मत प्राप्त गरेका छन् ।

बागमती प्रदेशमा एमालेले एक लाख २५ हजार नौ सय ९३, कांग्रेसले एक लाख १४ हजार चार सय पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८७ हजार तीन सय ७९, नेपाल मजदुर किसान पार्टीले ५५ हजार दुई सय ४६ र माओवादी केन्द्रले ४५ हजार दुई सय २२ मत प्राप्त गरेका छन् ।

गण्डकीमा एमालेले एक लाख ५१ हजार नौ सय ६६, कांग्रेसले एक लाख ३७ हजार छ सय ५३, माओवादी केन्द्रले ७५ हजार पाँच सय दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार तीन सय ५६ र नेकपा ९एकीकृत समाजवादी० नौ हजार एकसय ८४ मत प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेले एक लाख ८० हजार तीन सय ९५, कांग्रेसले एक लाख ५२ हजार एकसय ३७, माओवादी केन्द्रले ५३ हजार सात सय ३७, राप्रपाले ४३ हजार चार सय ८८ र नागरिक उन्मुक्ति पार्टीले २१ हजार पाँचसय ११ मत प्राप्त गरेका छन् ।

कर्णाली प्रदेशमा माओवादीले ३७ हजार चार सय ४८, एमालेले २१ हजार आठ सय २१, कांग्रेसले १४ हजार चार सय १२, नेकपा ९एकीकृत समाजवादी० ले चार हजार आठ सय ४१, राप्रपाले दुई हजार सात सय ५० र नेपाल मजदुर किसान पार्टी एक हजार दुई सय ४१ मत प्राप्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा एमालेले नौ हजार पाँच सय ३३, कांग्रेसले सात हजार ८६, माओवादी केन्द्रले पाँच हजार दुई सय ७३, राप्रपाले एक हजार चार सय ७१ र नागरिक उन्मुक्ति पार्टीले दुई हजार तीन सय ३५ मत प्राप्त गरेका छन् ।