अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर-३ प्रदेशसभा १ मा एमालेका महर्जन विजयी

ललितपुर-३ प्रदेशसभा १ मा एमालेका महर्जन विजयी


ललितपुर – ललितपुर-३ प्रदेशसभा (१) बाट नेकपा ९एमाले०का रघुनाथ महर्जन विजयी हुनुभएको छ । महर्जनले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकाजी महर्जनलाई छ सय ८६ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत धर्मराज पौडेलले औपचारिक घोषणा गर्नुभयो ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार रघुनाथले नौ हजार सात सय ६६ मत प्राप्त गर्नुभयो भने राजकाजीले नौ हजार ९० मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेशसभाका लागि प्रतिस्पर्धामा रहेका राप्रपाका उम्मेदवार विनोदकुमार खड्काले सात हजार पाँच सय ८७, विवेकशील साझाका समुद्र केसीले एक हजार छ सय ९२, नेमकिपाका अशोक महर्जनले एक हजार सात र जनता समाजवादीका ओमकृष्ण श्रेष्ठले तीन सय ७९ मत प्राप्त गर्नुभएको हो ।

त्यस्तै राप्रपा नेपालका श्यामबहादुर महतले दुई सय ११, स्वतन्त्र उम्मेदवार सविता महर्जनले एक हजार एक सय ३९ र अजय अछामीले दुई सय ८८ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा ४९ हजार ८१ मतदाता छन् ।