अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीमा एमालेका दामोदर भण्डारीको ह्याट्रिक

बैतडीमा एमालेका दामोदर भण्डारीको ह्याट्रिक


बैतडी – नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी बैतडीबाट लगातार तेस्रो पटक विजयी हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रका पोलिव्युरो सदस्य नरेन्द्रबहादुर कुवँरलाई १ हजार ५३१ मतले पराजित गर्दै भण्डारी तेस्रो पटक निर्वाचित हुनुभएको हो ।

भण्डारीले ३३ हजार ६११ मत प्राप्त गरेर प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा निकटतम् प्रतिष्पर्धी कुवँरले ३२ हजार ८० मत पाउनु भएको छ ।

कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका केशवबहादुर चन्द २ हजार ५०९ मतसहित तेस्रो हुनुभएको छ ।

भण्डारीले यसअघि २०७० को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका लोकराज अवस्थी र २०७४ मा कांग्रेसकै नरबहादुर चन्दलाई पराजित गर्नुभएको थियो ।

यसपालि माओवादी नेता कुँवरलाई पराजित गर्दै उनले ‘ह्याट्रिक’ गर्नुभएको छ ।

बैतडी ‘क’ मा एमालेका सुरेन्द्र पाल र ‘ख’ मा कांग्रेसका शिवराज भट्ट प्रदेशसभा सदस्यमा निर्वाचति हुनुभएको छ ।