कपिलवस्तु – कपिलवस्तु क्षेत्र-१ बाट प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारी निर्वाचित हुनुभएको छ ।
उहाँले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार चक्रपाणि खनाललाई १८ हजार ४२९ मतान्तरले हराउँदै निर्वाचित हुनुभएको हो ।
बलरामले ३६ हजार ६१९५ मत पाउँदा उहाँका प्रतिस्पर्धी खनालले १८ हजार १९० मत मात्र ल्याउनुभयो ।
यस्तै जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले ८ हजार ३९३ मत, नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारूले ५ हजार ६३६ मत ल्याउनुभयो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर रायमाझीले ४ हजार २२३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्जू सिंह विष्टले ३ हजार १६३ मत मात्र पाउनु भयो ।
प्रतिक्रिया