अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भावी सरकार गठनका बारेमा छलफल गर्न प्रकाशनमान सिंह अध्यक्ष ओलीको निवासमा

भावी सरकार गठनका बारेमा छलफल गर्न प्रकाशनमान सिंह अध्यक्ष ओलीको निवासमा


काठमाडौं- निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिएर काठमाडौं फर्के लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेताहरु बालकोट धाउन थालेका छन् । भावी सरकार गठनको विषयमा अध्यक्ष ओलीसँग परामर्श गर्न काँग्रेस नेता प्रकाशमान सिंह केहीबेर अघि बालकोट पुग्नु भएको छ ।
सिंहका सहयोगी यूपी लामिछानेले यो बेलालाई बताए अनुसार अध्यक्ष ओलीलाई बधाइ दिनका लागि सिहं बालकोट जानु भएको छ । ‘उहाँहरुको सम्बन्ध पहिला देखि नै सुमधुर हो । त्यसैकारणले बभाइ दिन जानु भएको हो । ओलीलाई पनि प्रकाशमान सिंहलाई बधाइ दिनुभयो’ लामिछानेले यो बेलासँग भन्नुभयो ‘समसामयिक राजनीतिक परिस्थितीका बारेमा पनि छलफल भयो । तर कुन विषयमा केन्द्रित भयो भनेर भन्न सक्दिन । ’

सिंह काठमाडौं क्षेत्र नं १ बाट विजयी साँसद हुनुहुन्छ ।