अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा चिसो बढ्यो : आज विहानको तापक्रम ८ डिग्री सेल्सियस

काठमाडौंमा चिसो बढ्यो : आज विहानको तापक्रम ८ डिग्री सेल्सियस


काठमाडौं -आज विहान देशका उच्च पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले बताएको छ । आज राति प्रदेश–१ र वाग्मती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुनेछ ।

तराई भू–भागमा हुस्सु÷कुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको छ । विभागले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेका छ ।
यसैबीच, काठमाडौंमा आज न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्नेछ । मौसमविद् भट्टराईका अनुसार आज काठमाडौंमा वर्षाको सम्भावना छैन ।

Skip This