अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिकतर्फ एमालेले कटायो २५ लाखभन्दा बढी मत

समानुपातिकतर्फ एमालेले कटायो २५ लाखभन्दा बढी मत


काठमाडौँ – प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले २५ लाखभन्दा बढी मत कटाएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको आज अपराह्न ३:३० बजेसम्मको मत परिणाम अनुसार एमालेले २५ लाख ४१ हजार २१४ मत ल्याएको छ ।

दोस्रो स्थानमा नेपाली काँग्रेस रहेको छ । काँग्रेसले २४ लाख चार हजार ६७७ मत पाएको छ । नेकपा माओवादी केन्द्रले १० लाख ७१ हजार ४१७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६४ हजार ४३९ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ९८६ मत पाउँदा जनता समाजवादी पार्टीले ३ लाख ३० हजार ३८५ मत पाएको छ । जनमत पार्टीले २ लाख ६६ हजार १२२, नेकपा एकीकृत समाजवादीले २ लाख ५३ हजार ५४० मत पाएको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टी २ लाख ३७ हजार ९७९ मत, लोकतान्त्रिक समाजवादी पार्टी १ लाख २७ हजार ९४७ मत र मजदुर किसान पार्टीले ७२ हजार ८२८ मत पाएको छ ।