अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गच्छदारसँग अग्रता फराकिलो पार्दै भगवती चौधरी

गच्छदारसँग अग्रता फराकिलो पार्दै भगवती चौधरी


सुनसरी – सुनसरी प्रतिनिधि सभा क्षेत्र-३ मा नेकपा एमालेकी भगवती चौधरीले फराकिलो अग्रता कायमै राख्नुभएको छ । उहाँले सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका विजय गच्छदारलाई पछि पार्नुभएको हो ।

परिणामअनुसार चौधरीले ३२ हजार ४१७ मत ल्याउँदा गच्छदार २७ हजार ६५६ मतले पछ्याइरहेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बाबु मैनालीले छ हजार १५६ मत ल्याएका छन् । चौधरी र गच्छदारबीच ४ हजार ७६१ मतको अन्तर छ ।

हाल बर्जु १ को दुई हजार २४१ मतको गणना हुँदैछ । जम्मा मत ९२ हजार ५३५ खसेकोमा अब २१ हजार मतगणना बाँकी रहेको छ ।

त्यसैगरी, सुनसरी ३ (२) मा एमालेकै रामदेव यादवले लिड गरिरहनुभएको छ । उहाँ १३ हजार १२ मतसहित अघि हुँदा कांग्रेसका बिन्देश्वर यादव १२ हजार ४९६ मत ल्याउनु भएको छ । एमालेका यादव ५१६ मतले अघि हुनुहुन्छ । हाल बर्जु २ को गणना जारी छ ।