अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विजयको विरासत भत्काउँदै भगवती, १० हजार ६ सय गन्न बाँकी, ५ हजार ५ सयको अग्रता

विजयको विरासत भत्काउँदै भगवती, १० हजार ६ सय गन्न बाँकी, ५ हजार ५ सयको अग्रता


विराटनगर -सुनसरी ३ मा वर्षौंदेखि चुनाव जित्दै आएक विजय गच्छादारको विरासत तेस्रो प्रयासमा एमालेकी भगवती चौधरीले भत्काउने निश्चित भएको छ । जारी मतगणनामा सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले ३६हजार ९सय ३६ मत प्राप्त गर्दा गच्छदारले ३० हजार ६सय १ मत प्राप्त गर्नुभएको छ । आज बिहान ६ बजे सम्मको गणनामा चौधरीले गच्छदारलाई ५ हजार ५सय ३५ मतान्तरले पछि पार्नु भएको छ । अब बर्जु गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको १० हजार ६ सय ३४ मत मतगणना गर्न बाँकी रहेको छ । सुनसरी ३ (२) प्रदेश सभामा समेत नेकपा एमालेका उम्मेदवार रामदेव यादव नेपाली कांग्रेसका उम्मेदवार बिन्देश्वर यादव भन्दा ८ सय १४ मतले अगाडी हुनुहुन्छ ।
सुनसरी ३ प्रदेश सभा २तर्फ बर्जु गाउँपालिकाको ५ र ६ नम्बर वडाको ७ हजार ६ सय ६६ मत मतगणना बाँकी रहेको छ ।