अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरी-३ (२) बाट एमालेका रामदेव यादव विजयी

सुनसरी-३ (२) बाट एमालेका रामदेव यादव विजयी


काठमाडौं – सुनसरी क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा नेकपा एमालेका रादेव यादव विजयी हुनुभएको छ ।

उहाँले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विन्देश्वर यादवलाई ५८८ मतान्तरले पराजित गर्नुभएको हो।

रामदेव १९ हजार ४७९ मतसहित विजयी हुनुभएक हो। पराजित भएका विन्देश्वरले १८ हजार ८९१ मत ल्याउनुभयो ।

यो क्षेत्रबाट तेस्रो प्रयासमा नेकपा एमालेकी भगवती चौधरी संघीय संसदमा निर्वाचित हुनुभएको छ । उहाँले गच्छदारलाई ५ हजार बढीको मतले पराजित गर्नुभएको हो ।