अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवैद्य रुपमा उपत्यकामा बनाएका अवैद्य संरचना ३५ दिन भित्र हटाउन प्राधिकरणको उर्दी

अवैद्य रुपमा उपत्यकामा बनाएका अवैद्य संरचना ३५ दिन भित्र हटाउन प्राधिकरणको उर्दी


काठमाडौं -काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा अवैध रुपमा अतिक्रमण गरि बनाएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ।
बुधबार प्राविधकरणले सूचना जारी गर्दै सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका सबै संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको हो।

प्राधिकरणले काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी, तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन भनेको छ।
सूचना अनुसार तोकिएको मितिभित्र नहटाए उक्त अतिक्रमण गरी निर्माण भएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको सम्पूर्ण लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने चेतावनीसमेत दिएको छ।

Skip This