अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रभु बैंक र युएसआईडीको उद्यम नेपालबीच सम्झौता

प्रभु बैंक र युएसआईडीको उद्यम नेपालबीच सम्झौता


काठमाडौं – प्रभु बैंक लिमिटेड र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालबीच व्यापार र प्रतिस्पर्धात्मकता अन्तर्गतको सहयोग सम्बन्धी सम्झौता भएको छ।

सम्झौता पत्रमा युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट पार्टी प्रमुख प्रतिनिधि एग्नेस लुजले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई कोभिड १९ को महामारीपछि सुधार गर्दै दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहूँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सिर्जनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि, पर्यटन तथा डिजिटल सेवाका क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ।

उक्त लक्ष्य हासिल गर्न युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालको सहकार्यमा प्रभु बैंकले कर्मचारीहरुको सिप, क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरुको सञ्चालन तथा नयाँ नयाँ विधि, प्रविधि, स्रोत तथा साधनहरुको प्रयोग गर्नेछ।