काठमाडौं- गएरातिबाट शुरु भएको स्याङ्जा २ को मतगणनामा नेकपा एमालेकी उम्मेद्वार पद्मा अर्यालले अग्रता लिनु भएको छ ।
एमालेकी पद्मा अर्याल २हजार ३०४मत ल्याँउदा नेपाली काङ्ग्रेसका धनराज गुरुङले भने १ हजार ७०३ मत पाउनु भएको छ ।
निर्वाचनमा धाँधली भएको र पुन मतदान हुनु पर्ने एमालेको माग पछि सो क्षेत्रमा मतगणना रोकिएको थियो।
स्याङ्जामा हिजो साझबाट निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएपछि गणना शुरु भएको हो ।
प्रतिक्रिया