अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनले बुथ कब्जा गरेर रद्ध भएका दोलखाका १० मतदान केन्द्रमा आज मतदान हुँदै

सत्ता गठबन्धनले बुथ कब्जा गरेर रद्ध भएका दोलखाका १० मतदान केन्द्रमा आज मतदान हुँदै


दोलखा -मंसिर ४ गते सत्ता गठबन्धनले कब्जा गरेर दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा आज निर्वाचन हुँदै छ।
गत १२ मंसिरमा बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले आज पुनः मतदान गराउने निर्णय गरेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार् निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउने निर्णय गरेको थियो।

नेकपा एमालेले सत्तारुढ दलबाट बुथ कब्जा भएको उजुरी दिएपछि खटिएको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपछि आयोगले पुनः मतदान गराउने निर्णय लिएको थियो।

दोलखाका वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा पुनः मतदान हुन लागेको हो। मतदान अहिले विहान ७ बजे देखि साँचm ५ बजेसम्म हुने छ ।