अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखाका १० मतदान केन्द्रमा मतदान जारी

दोलखाका १० मतदान केन्द्रमा मतदान जारी


दोलखा – दोलखाका १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पुनः मतदान भइरहेको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान ११ बजेसम्मको विवरणानुसार हालसम्म करीब १५ प्रतिशत मतदान भएको छ । मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।

सो जिल्लाको वैतेश्वर गाउँपालिका-६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा-२ को जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग तथा तामाकोसी गाउँपालिका-३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान जारी रहेको हो ।

ती मतदान केन्द्रमा यही मङ्सिर ४ मा भएको मतदानमा विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले उक्त मतदान रद्द गरी पुनः मतदान गराउन मंसिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।