अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्याङ्जा-२ मा मतान्तर बढाउँदै धनराज गुरुङ

स्याङ्जा-२ मा मतान्तर बढाउँदै धनराज गुरुङ


स्याङ्जा – स्याङ्जा २ मा पछिल्लो मतपरिणामअनुसार कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहनुभएकाे छ । कांग्रेस उपसभापति समेत रहनुभएका गुरुङले ६,०६५ मतसहित अग्रता कायम गर्नुभएकाे हाे । यस्तै, एमालेकी उम्मेदवार पद्मा अर्यालले उहाँलाई पछ्याइरहनुभएकाे छ ।

अर्यालले पछिल्लो मतपरणाम अनुसार ४,७६५ मत प्राप्त गर्नुभएकाे छ । कांग्रेस उम्मेदवार गुरुङले एमालेकी अर्याललाई १,३०० मतान्तरले पछि पार्नुभएकाे छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १,५७५ मत ल्याउनुभएकाे छ ।  

स्याङ्जा २ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राख्नुभएकाे छ ।  ४ मंसिर निर्वाचन सम्पन्न भए पनि झण्डै १२ दिन दलहरूबीचको किचलोका कारण मतगणना सुरु हुन सकेको थिएन । निर्वाचन आयोगको निर्देशनपछि बुधबार रातिदेखि  मतगणना सुरु भएको हो ।