अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आइएमईको २२ औं सभाले पारित गर्‍यो आइपिओ जारी गर्ने प्रस्ताव

आइएमईको २२ औं सभाले पारित गर्‍यो आइपिओ जारी गर्ने प्रस्ताव


काठमाडौं – आइएमईको २२औं साधारण सभा आज सम्पन्न भएको छ। काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा सम्पन्न भएको उक्त सभाले आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको छ।

आइपिओ जारी पछि आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय थपिने भएको छ। आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरूको सुझाव र सल्लाहकै बाबजुत एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गर्नुभयो।
अध्यक्ष ढकालले आम सेवाग्राहीबीच आइपिओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको पनि बताउनुभयो।