अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिकमा एमालेले काँग्रेसलाई १ लाख २८ हजार भन्दा बढी मतले उछिन्यो

समानुपातिकमा एमालेले काँग्रेसलाई १ लाख २८ हजार भन्दा बढी मतले उछिन्यो


काठमाडौं – मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिकमा नेकपा एमाले पहिलो दल बनेको छ । देशका अधिकांश क्षेत्रको मत गणना सकिँदा एमालेले २७ लाख ८८ हजार ३५६ मत ल्याएको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत ल्याएको छ । एघार लाख ६२ हजार १२४ मतसहित नेकपा ९माओवादी केन्द्र० तेस्रो स्थानमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ५४३ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६३८ मत पाएको छ ।
यसै निर्वाचनबाट उदाएको जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत ल्याएको छ ।

नेकपा एकीकृत समाजवादी भने थ्रेसहोल्ड नकटाउने निश्चित भएको छ । बाँकी रहेका दोलखा र बाजुराको मतगणनासमेत अन्तिम चरणमा पुगेका बेला एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ ।

पछिल्ला तीन दिनमा नेकपा एकीकृत समाजवादीको एकहजार ७६४ मत मात्र बढेको छ । गएको बिहीबार बिहानसम्म उसको मत दुई लाख ९२ हजार ५९८ थियो ।