काठमाडौं- चुनाव लगत्तै नेकपा एमाले पर्सामा अन्तरघातको आरोपमा कारबाही गरिएको विषयमा विवाद बढेको छ ।
हिजो जिल्ला पार्टी अध्यक्ष जय प्रकाश थारुलाई उधृत गर्दै विभिन्न सञ्चामाध्यमले १४ जनालाई कारबाही र २६ जना नेता कार्यकर्तालाई स्पष्टिकरण सोधिएको समाचार बाहिरिएपछि पार्टीमा हंगामा मच्चिएको छ ।
थारुको प्रतिवादमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज प्रभु हजाराले साँझ विज्ञप्ती जारी गर्दै थारुलाई नै स्पष्टिकरण सोध्नु भएको छ । हजाराको विज्ञप्तीमा पार्टी सचिवालयको बैठकमा कसैलाई पनि कारबही वा स्पष्टिकरणको विषय नै प्रवेश नभएको उल्लेख गरिएको छ । कसैलाई कारबाही वा स्पष्टिकरण सोध्नका लागि तल्लो कमिटीको सिफारिस आवश्यक पर्ने तर हालसम्म कुनै कमिटीले कसैलाई पनि स्पष्टिकरण र कारबाहीको सिफारिस नगरेकोले हल्लाको पछि नलाग्न सबै कार्यकर्तालाई आग्रह गरिएको छ ।
बरु पार्टीलाई कमजोर बनाउन यस्तो अफवाह किन फैलाएको भन्दै जिल्ला अध्यक्ष थारुलाई तत्काल स्पटिकरण पेश गर्न हजाराले निर्देशन दिनुभएको छ ।







प्रतिक्रिया