अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता कायमै

समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता कायमै


काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख २० हजार १२५ मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८८ हजार ३५६ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६  मतसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६३८, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९४६ र जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये १६४ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ भने दोलखाको परिणाम आउन बाँकी छ ।

प्रतिनिधिसभातर्फ पछिल्लो मतपरिणामअनुसार कांग्रेस ५७ स्थानमा विजयी भएको छ भने एमालेले ४४ स्थानमा जित हासिल गर्दै दोस्रो स्थान कायम गरेको छ । यस्तै माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान सात स्थानमा जित हासिल गरेका छन् । स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादीको चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान एक स्थानमा विजयी भएका छन् ।