अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले माग्यो चुनावमा अन्तर्घात गर्नेहरुको विवरण

कांग्रेसले माग्यो चुनावमा अन्तर्घात गर्नेहरुको विवरण


काठमाडौं – नेपाली कांग्रेसले मंसिर ४ गते भएको आमनिर्वाचनमा पार्टीविरुद्ध अन्तर्घात गर्नेहरूको सूची मागेको छ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध लाग्ने नेता कार्यकर्ताहरुको सूची मागेको हो।

‘२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका र गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने, अनुशासन समितिका प्रेम केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल गठन गरी निर्णयसहित २०७९ पुस १५ गतेभित्र पठाउनुपर्ने छ।’

कांग्रेसमा पछिल्लो समय अन्तर्घात गरेर केही स्थानमा हराएको गुनासो आइरहेको छ। कांग्रेसका विभिन्न गुट र उपगुटले एक अर्कालाई अन्तर्घात आरोप लगाइरहेका बेला अनुशासन समितिले छानबिन र कारवाही अघि बढाएको हो।