अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोकुल बाँस्कोटाको घरमा विष्फोटक वस्तु राख्नेलाई कारबाही गरियोस् : काभ्रे एमाले 

गोकुल बाँस्कोटाको घरमा विष्फोटक वस्तु राख्नेलाई कारबाही गरियोस् : काभ्रे एमाले 


काठमाडौं – नेकपा एमाले काभ्रेले पार्टीका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाको घरलाई लक्षित गरी विष्फोटक वस्तु राख्ने पहिचान गरी कारबाही गर्न माग गरेको छ । 

आज बिहान पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य बाँस्कोटाको भक्तपुरस्थित निवासलाई लक्षित गरी विष्फोटक पदार्थ राखेको भेटिएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमाले काभ्रेले जनाएको छ ।

पार्टी अध्यक्ष अशोक व्याञ्जुकारले विज्ञप्ति जारी गरी जीवनभर राष्ट्र र जनताको परिवर्तनको पक्षमा लागेको र लाखौँ जनताको विश्वास प्राप्त गरी निर्वाचित हुनुभएका जनप्रतिनिधि माथि पटक-पटक गरिएको यस्तो हिंसात्मक र आतंककारी गतिविधि अत्यन्तै खेदजनक रहेको भन्दै निन्दा गर्नुभएको छ । 

घटनामा संलग्नको खोजी गरी कारबाही गर्न व्याञ्जुकारले माग गर्नुभएको छ । ‘यो कायरतापूर्ण घटनाको तत्काल छानबिन गरी आपराधिक क्रियाकलापमा संलग्नहरूमाथि हदैसम्मको कारबाही गर्नको लागि पार्टी र सिङ्गो काभ्रे जिल्लावासीको तर्फबाट सरकार समक्ष जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा लेखिएको छ ।