अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखामा मत गणना अन्तिम चरणमा : एमालेका बालकृष्ण शिवाकोटीको अग्रता

दोलखामा मत गणना अन्तिम चरणमा : एमालेका बालकृष्ण शिवाकोटीको अग्रता


काठमाडौं- १सय ६४ वटा निर्वाचन क्षेत्रको मत परिणाम आइसक्दा पनि दोलखाको परिणाम आइसकेको छैन । मत गणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो विवरण अनुसार नेकपा एमालेका उम्मेद्वार बालकृष्ण शिवाकोटीले गठबन्धनका उम्मेद्वार गंगा कार्कीलाई पछि पार्नु भएको छ ।
अहिलेसम्म यहाँ ७८ हजार ३ सय ४६ मत गणना भएको छ। एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ३३ हजार ९ सय ३९ मत प्राप्त गर्नु भएको छ भने गठबन्धनका गंगा कार्कीले ३३ हजार ९ सय ९ मत ल्याउनु भएको छ ।

सुरुदेखि नै रोचक बन्दै गइरहेको यहाँको प्रतिस्पर्धामा पछिल्लो मतपरिणाममा झनै रोचक बन्दै गएको छ। अहिले कार्कीभन्दा शिवाकोटी ३० मतले अघि रहेको निर्वाच्न अधिकृतको कार्यालयले जनाएको छ।

यहाँ सुरुदेखि नै यी दुई उम्मेदवारबीच उछिनापछिन भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ३ हजार २ सय ४८ मत बदर भएको छ।