अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरी कार्यालयमै कांग्रेस कार्यकर्ताद्वारा पत्रकारमाथि आक्रमण प्रयास

प्रहरी कार्यालयमै कांग्रेस कार्यकर्ताद्वारा पत्रकारमाथि आक्रमण प्रयास


हेटौँडा – कांग्रेस र भ्रातृ संगठनका कार्यकर्ता जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेर पत्रकारको समूहमाथि आक्रमण गर्न खोजेका छन्। आफूहरूलाई कुटपिट गर्ने कांग्रेस कार्यकर्ताविरुद्ध उजुरी दिन पुगेका पत्रकारहरुलाई  आक्रमण गर्न खोजेको हो।

नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं नवनिर्वाचित सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै कांग्रेस कार्यकर्ताले गएराति एक होटलमा रमेश बञ्जरा (इन्द्र) र रामकुमार एलनमाथि कुटपिट गरेका थिए ।

दोषीलाई कारबाहीको माग गर्दै उजुरी दिन पुगेका पत्रकारहरूमाथि कांग्रेस कार्यकर्ताले प्रहरी कार्यालयमै आक्रमण गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको छ । नेता बानियाँका पीए मिलन पुडासैनी, तरुण दलका नेता विकशलाल श्रेष्ठ, कुमार पोखरेललगायत करीब १०० जनाको संख्यामा रहेका कांग्रेस कार्यकर्ता प्रहरी कार्यालयमा पत्रकार कुट्न पसेका थिए ।

प्रहरीले बल प्रयोग गरी उनीहरूलाई गेटबाहिर निकालेको छ । अहिले पनि कांग्रेसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।