अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी, पहिरोले देशका विभिन्न स्थानमा सडक अवरुद्ध

बाढी, पहिरोले देशका विभिन्न स्थानमा सडक अवरुद्ध


काठमाडौँ-अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। सम्बन्धित निकायले शुक्रबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालनमा रहेको र केही स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।

कोशी प्रदेश अन्तर्गत भोजपुरको भोजपुर नगरपालिका–७ स्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ। इलामको रोङ गाउँपालिका–३ राउतबारीस्थित मेची राजमार्ग तथा तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ सिम्ले क्षेत्रमा रहेको मध्यपहाडी लोकमार्ग पहिरोका कारण एकतर्फी सञ्चालनमा छन्।

काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी–नेपालथोक–धुलिखेल सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी सञ्चालनमा रोक लगाइएको छ। यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कालढुंगा–चिसापानी क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ५ महालक्ष्मी क्षेत्रमा पर्ने कुलेखानी–फाखेल हुँदै हुमाने–फाखेल–काठमाडौंतर्फको सडकखण्डमा मर्मत कार्य भइरहेकाले अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ पानीधारास्थित मुग्लिन–नारायणगढ सडकखण्ड पनि पहिरोका कारण प्रभावित भए पनि सञ्चालनमा रहेको छ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–३ डुंगेडाँडास्थित सन्धिखर्क–गोरुसिङ्गे सडकखण्ड पहिरोका कारण प्रभावित भएको छ। पाल्पाको तानसेन नगरपालिका–८ डुम्रे क्षेत्रमा रहेको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ रिम्जीखोला क्षेत्रमा अविरल वर्षाका कारण जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।

Skip This